Tuesday, 21 January 2014

तिमी मेरी

तिमी मेरी

स्नेहाको भावना र सुखको सिचन उतार्ने
   सौम्य र सुन्दर तिमी मेरी
सुखमय सोच र प्रेमको प्रधुरभाव ल्याउने
   न्यानो धारा तिमी मेरी

हँसिलो ओठ र सौन्दर्येकी खानी
कलात्मक आकर्षण तिमी मेरी
मुस्कुराउदै ति कालो केश पसार्ने
निश्चल नारी , परी तिमी मेरी

निरर्थक र सुन्य हृदयलाई
उभागर गराउने रानी  तिमी मेरी
ज्योति केन्द्रको आनन्दमा लिप्त पर्ने
प्राण रक्ष्यक दिलासा तिमी मेरी

हृदय सिद्धी र आश्वासनको भाव
प्रजोलित र प्रकाशमान गराउने तिमी मेरी
शुद्ध र मिठो बास्ना झार्ने
फूल जस्तै कोमल केवल तिमी मेरी
              केवल तिमी मेरी II




Wednesday, 18 April 2012

हें दैव

“”   हें दैव के  पिडा दियौ मलाई,
    सहनै नसक्ने घाउ थोपरेऔ मलाई,
    मृत्यु बरु यति असैय नहोला,
    बरु किनारा पारि बोलाऊ मलाई |

दुख्छ यहाँ मलम केहि छैन,
माया र ममता खोजिदेऔ मलाई,
बादल पारि पनि संसार छ रे,
हें दैव बरु लैजौना मलाई |

कति हुन्छ पिडा यो जिउदो सरिरमा पनि,
जब आफ्नै हात ले गास नटिपेको देख्दा,
हें देव के पिडा दियौ मलाई,
माग्छु बरु मृत्युनै देऊ मलाई| “”